
बुटवल। नेपाल सितोरियो कराते संंघ रुपन्देहीले ब्ल्याक बेल्ट परिक्षामा सामेल भएका ७० जना कराते खेलाडीलाई बेल्ट तथा प्रमाणपत्र प्रदान गरेको छ । २०८१ सालमा लिइएको परिक्षामा रुपन्देहीबाट सहभागी भई उर्तीण भएका कराते खेलाडीलाई बेल्ट र प्रमाणपत्रले सम्मान गरिएको हो ।
बुटवलमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिका खेलकुद विकास समिति संयोजक बोनिन पियाले कराते खेलको विकाश तथा संरक्षणका लागी बुटवल उपमहानगरपालिकाले सदैव सहयोग बताउनुभयो । संघका अध्यक्ष नारायण बहादुर थापाले आर्थिक अभाव कै बिच पनि पछिल्लो समय काता र कुमुते दुवै विधालाई समेटेर प्रतियोगिता तथा तालिमहरु आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
सो अवसरमा पश्चिम नेपालमा सितोरियो करातेको बृद्धि विकाशमा टेवा पुर्याउनुभएका स्व कराते गुरु शिवचरण चौधरीको स्मृतिमा श्रद्धान्जली अर्पण गरिएको थियो । कार्यक्रममा कराते महासंघका सदस्य, प्रशिक्षक, खेलाडी अभिाभावक लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्