लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कन्चनको दानापुरमा २ दिने चित्रकला कार्यशाला सम्पन्न, पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा

IMG

दानापुर। कन्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कन्चनको वडा नम्बर-१ दानापुरमा रहेको गजेडीतालमा दुई दिवसीय चित्रकला कार्यशाला शनिबार सम्पन्न भएको छ। रुपन्देही आसपास र काठमाडौंबाट आएका २० जना कलाकारहरुले गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र सांस्कृतिक एबम प्राकृतिक सम्पदाको चित्र बनाएका हुन् ।


चित्रकला कार्यशाला समापनमा गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कला वर्तमान समयको जीवन्त प्रतिविम्व भएको बताए । उनले कलाले चित्रकला प्रदर्शनीले यहाँका सबैजसो क्षेत्रका ओअहिचान दिलाउन सहयोग पुगेको र हरेक चित्रके बास्तबिक कन्चानको भाइब्स बोलेको बताए । वर्तमानलाई भविष्यसंग जोड्न सक्ने कलाकार र कलामा राज्यको नजर पुग्न नसकेको बताउँदै अध्यक्ष ढकालले कला र संस्कृतिमा राज्यको नजर पुग्नुपर्ने बताए । उहाँले कन्चनको समग्र रितिरिवाज र चित्रकलाले देखाउन नसकेका कैयौ कुरहारुलाई यस क्षेत्रको कला घरको रुपमा बिकास गर्नु पर्ने बताए ।


कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले चित्रकला मार्फत कन्चानको पहिचान र यस क्षेत्रको प्रबर्द्धनका लागि ठुलो योगदान पुर्याएकोले आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लैजाने बताईन। कन्चानको प्राकृतिक क्षेत्रको विश्वसामु पुर्याउने उदेश्यले गरिएको चित्रकला कार्यशालामा रहेका कलाकारहरुलाई धन्यबाद दिंदै उनले अझ ठुलो रुपमा कन्चानको पहिचान हुने गरि कार्यक्रम अगाडी बढाइने उपाध्यक्ष थापाले बताईन। 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोख्रेलले नेपालको हरेक पालिकाहरुमा आ आफ्नै पहिचान भएकोले कन्चंमा पनि पर्यटक भित्र्याउने विभिन्न क्षेत्र रहेकोले यसको प्रबर्द्धनमा सबैको सहयोग हुनुपर्ने र गाउँपालिकाले समेत प्रबर्द्धनका लागि कार्यशाला गरेको बताउनुभयो।कार्यशालाले समग्र कन्चानको पहिचान यहाँको पर्यटकीय क्षेत्रको उजागर गर्दै आयआर्जनसंग यस क्षेत्रका गाउँबासीहरुमा समेत सहकार्य गर्ने बताउने भयो।  


कार्यशालाको लागि प्राबिधिक सहयोग नेपाल व्यवसायिक कलाकार संघ र नेपाल ललितकला प्रतिष्ठानले गरेको थियो। नेपाल व्यवसायिक कलाकार संघका प्राज्ञ एचबी रम्तेलले पर्यटकीय क्षेत्रलाई  कलाको माध्यमबाट देशबिदेशमा चिनाउन यस्ता कार्यक्रमले कला ग्यालरीको रुपमा बिस्तार गर्दै लैजाने बताए ।'कला मृत्युपछिको जीवन हो' भन्दै थापाले पुराना कलाले हाम्रा पुस्ताको वर्तमान, आज बुझ्ने अवसर मिलेको प्राज्ञ रम्तेलले बताए ।रम्तेलले कन्चनमा उल्लेख्य कार्यक्रम भएको बताउँदै आयोजकप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रमको समापन समारोहमा कलाकारहरुले बनाएका चित्रकला क्यानभासलाई गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई हस्तान्तरण गरिएको थियो भने कलाकारहरुलाई समेत गाउँपालिकाले सम्मान पत्रसहित सम्मान गरेको थियो। 


रुपन्देहीको बुटवल देखि करिव १७ किलोमिटर पश्चिम र साढे ६ किलोमिटर दक्षिणमा रहेको कन्चन गाउँपालिका वडा नम्बर १ मा रहेको दानापुर् ताल अहिले ढकमक्क कमलको फूलले ढाकिएको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको दैनिक हजारौ अबलोकन गर्न आएका दानापुर सामुदायिक बनका प्रेम बहादुर थापाले बताएका छन्। १९ हेक्टर मा ताल र जम्मा ९२ हेक्टर क्षेत्रफ़लमा फैलिएको जंगल भित्र रहेको तालमा गर्मी छल्नका लागि टाढा टाढाबाट पर्यटक आउने स्थानिय बताउछन। 

कमेन्ट गर्नुहोस्