
तिलोत्तमा । तिलोत्तमा राईर्डस (TILOTAMA RIDERS ) का साईकल राइडरहरू जोमसोम सम्म पुगेर फर्किएका छन्। ३ दिन सम्मको लामो यात्रा साइकलमा गरेका उनीहरु सोमबार राति फर्किएका हुन्। जोमसोममा भएको घरपझोंग प्रथम साईकल तथा घोडा र्यालीमा सहभागी हुन गएका उनीहरुले कार्यक्रम भब्य र व्यवस्थित भएको महसुस गरेका छन् । घरपझोंग प्रथम साईकल तथा घोडा र्यालीमा सहभगी भै जोमसोम देखी तिलोतमा सम्म ३३६ किलोमिटर साईकल राईड गरी तेस्रो दिन यस तिलोतमा राईडर्सका सॅंस्थापक तथा अध्यक्ष अर्जुन गुरुङ सहितको टिम सकुसल घर आएका छन्।
यात्रामा जाँदा उनीहरुले घरपझोंग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन र साइकल सिटी पोखरा संग बिशेष स्वागत कार्यक्रम गरेका थिए। साईकल तथा घोड़ा र्याली २०८२ घरपझोगं,मुस्तागंमा तिलोत्तमा राईर्डसद्वारा सहभागी जनाई तिलोत्तमा नगपरपालिकाको तर्फबाट मायाको चिनो यस घरपझोगं गाउपालिका मुस्तागंका गाउपालिका प्रमुखलाई प्रदान समेत गरिएको छ।
कमेन्ट गर्नुहोस्