
तिलोत्तमा ।नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययनका लागि गठित संसदीय उपसमितिमा आफ्नो पार्टीको प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति जनाएको छ।आज लेखा समिति बैठकमा सांसद लेखनाथ दाहालले भैरहवा क्षेत्रीय विमानस्थल अध्ययनमा हाम्रो दलमा आवद्ध माननीयज्यूलाई सहभागिता नगराइकन उपसमिति बनाइएको भन्दै गम्भिर आपत्ति रहेको बताए।
’नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संयोजक रहेको उपसमितिमा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट खाणसँगै प्रमुख सचेतक श्यामकुमार घिमिरे, रास्वपाबाट मनिषकुमार झा, राप्रपाबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन्।दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने अडान पुन: दोहोर्याएका छन्।
आफूहरूले यो विषय पटक(पटक उठाइरहे पनि सुनुवाइ नभएको उनको भनाइ छ।उनले भने, ‘आजको विषयवस्तु प्रवेश गर्नु पहिले नै सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुने अन्तर्राष्ट्रिय संसदीय अभ्यास र हाम्रै संसदीय अभ्यासलाई पनि विगत १० महिनादेखि अस्वीकार गरिराखिएको छ र यसमा गम्भिर आपत्ति छ।’सार्वजनिक लेखा समिति सभापति अहिले सत्तारुढ एमालेका सांसद ऋषिकेष पोखरेल छन्।
कमेन्ट गर्नुहोस्