लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्डर 19 नेपाली फुटबल टोली स्वदेश फिर्ता

IMG

काठमाण्डाै – १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियाेगितामा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । आज स्वदेश फर्किएको युवा टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गर्नुभयो ।


भारतमा भएको प्रतियोगिताको सेमिफाइनलमा नेपाली टोली सेमिफाइनलमा बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो । नेपाली युवा टोली समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।१९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको थियो । फाइनलमा भारतले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराएको थियो ।

कमेन्ट गर्नुहोस्