लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली तेक्वान्दो खेलाडी अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक

IMG

काठमाण्डाै – नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा स्वर्ण पदक जितेका छन्।आज अस्ट्रेलियाको करार स्टेडियममा भएको प्रतियोगितामा अदिशले १७ वर्षमुनि उमेर समूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कुल ६ दशमलव २३ अङ्क जोडे ।


१० दिनको अवधिमा अदिशको यो दोस्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले २१औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको यही स्पर्धामा रजत जितेका थिए। वाटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको थियो ।अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए । नामी इन्टरनेशनल कलेजमा कक्षा ११ मा अध्ययनरत अदिश तेक्वान्दोमा तेस्रो डान प्राप्त खेलाडी हुन् ।

कमेन्ट गर्नुहोस्