लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थुनामुक्त भए रेशम चौधरी,पक्राउ पत्र जारी गर्ने सर्वोच्चका अधिकृत पक्राउ

IMG

तिलोत्तमा। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्।भने तिनलाई पक्राउ पत्र जारी गरेका सर्वोच्चका अधिकृत पक्राउ परेका छन्। सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन्।यसअघि उनलाई शंकास्पद् पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो। प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकता हुने तयारी भइरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो।सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टले आफू अनुकूल पत्र पठाएपछि रेशम चौधरी पक्राउ परेका थिए। सर्वोच्च अदालतले उक्त पत्र आधिकारिक नभएको स्पष्ट पारेको थियो। उक्त पत्र नक्कली भएपछि सर्वोच्चले अर्को पत्र जारी गरेर डिल्ली बजार कारागारलाई थुनामुक्त गर्न निर्देशन दिएको थियो।


त्यसो त नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ लागि शंकास्पद् पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्चका अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेको हो। पक्राउ परेका विष्टलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।उनले पठाएको पत्र शंकास्पद् देखिएपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्