लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार सविना कार्कीमाथि भएको आक्रमणविरुद्ध प्रेस सेन्टर नेपालको विज्ञप्ति

IMG

तिलोत्तमा।संघीय राजधानी काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार दिउँसो भएको झडपमा पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरीले हानेको पानीको फोहोराले स्थलगत रिपोर्टिङमा रहनुभएकी प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्कीको दुवै आँखामा गम्भीर चोट लागेको घटनाको प्रेस सेन्टरले भत्र्सना गरेको हो ।


पत्रकारमाथि भएको दमन र रिपोर्टिङमा गरिएको अवरोधबाट प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकार हनन् भएको बिज्ञप्तिमा जनाइएको छ । पत्रकारमाथि विभिन्न पक्षबाट पछिल्ला दिनमा भइरहेको हत्या, आक्रमण, दमन तथा रिपोर्टिङमा पु¥याइएको अवरोध नेपाली प्रेस जगत्का लागि गम्भीर चिन्ताको विषय भएको उल्लेख छ।


प्रेस स्वतन्त्रता विरोधी कार्य रोक्न र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्न प्रेस सेन्टरले आग्रह गर्दै सञ्चार क्षेत्रमाथि भइरहेको आक्रमणको प्रतिवाद गर्न सामूहिक सहकार्यका लागि सम्बद्ध पक्षहरुसँग आग्रह समेत गरेको छ। आइतबारको झडपमा घाइते हुनुभएकी पत्रकार सविना कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रेस सेन्टरले उहाँको निःशुल्क रुपमा प्रभावकारी उपचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ। घटनाको छानवीन गरी दोषीउपर कारबाही गर्न माग गर्दै आगामी दिनमा यस्तो घटना भए सह्य नहुने समेत प्रेस सेन्टरले बताएको छ। 

कमेन्ट गर्नुहोस्