लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस सांसद माया राई पक्राउ

IMG

तिलोत्तमा।नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राई आज साँझ पक्राउ परेकी हुन् । उनले कपनस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई शनिबार राति पक्राउ गरेको सो कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीरीक्षक (एसएसपी) रमेश बस्नेतले बताए ।


पक्राउ परे लगत्तै राईलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् । पक्राउ परेकी राईलाई आइतबार अदालत पेश गरिने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्