लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमालेले लोकतन्त्र दिवसका दिन ‘युथ सेलिब्रेशन’ गर्दै, देशभरका युवा सहभागी हुने

IMG

काठमाडौं : नेकपा एमालेले युवालाई ‘जनताले जितेको दिन’ को स्मरण गराउन लोकतन्त्र दिवसका दिन बिहीबार ‘युथ सेलिब्रेशन’ को आयोजना गर्ने भएको छ। युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनकोरूपमा बैशाख ११ गते भृकुटीमण्डमा ‘युथ सेलिब्रेशन’ समारोह आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।महासचिव पोखरेलले नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापीरूपमा युवाको सहभागिता गराइने बताए।


उनले भने, ‘यो दिन युवाको दिन हो। युवाले ४० वर्षमाथिलाई छोप्नेछन्।’युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न कलाकारले सांगितिक प्रस्तुतिसमेत दिनेछन्। जनआन्दोलन २०६२/६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस मनाइन्छ। कार्यक्रममा देशभरका युवा सहभागी हुनेछन्।


एमालेको सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘राज्यशक्तिको स्रोत जनता हो, राजकीय सत्ता जनतामा रहेको उद्घोष गरिएको दिन अर्थात् लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ व्यापक युवाहरूको उपस्थितिमा भव्य रूपमा मनाउने निर्णय गरेको छ।’युथ युथ सेलिब्रेशन सहभागीका लागि टुँडिखेल, रंगशाला र बगीखाना नजिकै सवारी पार्किङ गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ। एमालेले भृकुटीमण्डप क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न पत्राचारसमेत गरेको छ।

कमेन्ट गर्नुहोस्