लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिमुकुन्द कप भलिबल :चौथो दिनको खेलमा आयोजक र पुलिस विजयी

IMG

तिलोत्तमा । तिलोत्तमामा जारी १० औं मणिमुकुन्द कप पुरूष इन्डो नेपाल क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको चौथो दिनको खेलमा आयोजक क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । योगीकुटी–वनबाटिका मार्गस्थित क्लबको आफ्नै खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा आयोजक मणिमुकुन्द भलिबल क्लबले विभागीय टिम एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । मणिमुकुन्दले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–२२ अंकले जितेको प्रतियोगिता संयोजक सुरेन्द्र गुरूङले जानकारी दिए । 


यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमै पराजित गरेको छ । पुलिसले पहिलो सेट २५–२२,दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–१८ले जितेको  गुरूङले बताए । पहिलो खेलमा मणिमुकुन्दका रेशम विक र दोस्रो खेलमा पुलिसका आदर्श रसाइली म्यान अफ द म्याच घाषित भए । बुधबार  पहिलो खेल गण्डकी प्रदेश भलिबल संघ र गल्कोट भलिबल क्लब बागलुङबीच दिउसो ५ बजे तथा दोस्रो खेल सांझ ७ बजे आयोजक मणिमुकुन्द भलिबल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले जानकारी दिए । 


यस क्षेत्रमै पहिलोपटक आयोजना भएको रात्रिकालीन भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११ , दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ रुपैयां ,  तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ रुपैयां तथा सान्त्वना हुने टिमले ६६ हजार ६ सय ६६ रुपैयां तथा  कप र प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।उत्कृष्ट खेलाडीले १५ हजार, बिधागत तर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजारका दरले नगद र मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने छ । बैशाख १३ गते सम्म सन्चालन हुने प्रतियोगितामा पाकिस्तान, इरान र भारतका खेलाडीको सहभागिताले खेल रोमाञ्चक भइरहेको छ । 

कमेन्ट गर्नुहोस्