
तिलोत्तमा।मुणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले ले आयोजना गरेको १० औ मणिमुकुन्द भलिवल कप पुरूष इन्डो नेपाल क्लब च्यामपियनसिप प्रतियोगिताको सम्पूर्ण तैयारी पुरा भएको छ । तिलोत्तमा-२ मा रहेको मणिमुकुन्द भलिवल क्लबको आफनै खेल मैदानमा शनिवारबाट हुने भलिवल प्रतियोगितामा नेपालका बिभागिय ३ वटा टिम सहित ७ वटा टिम रहेका छन भने भारतको गुजरातको १ टिमको सहभागिता रहेको छ।
रात्रीकालिन भलिवल प्रतियोगिकाको उदघाटन खेल आयोजक मणिमुकुन्द भलिवल क्वब र शाग भलिवल एकेडेमी भारत बिच हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिवल संघ र गोल्कोट भलिवल क्लब बिच हुने छ । तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा सन्चालित प्रतियोगितामा नेपाल भारत ईरानका भलिवल खेलाडीको सहभागिता रहेको मणिमुकुन्द भलिवल क्लबका अध्यक्ष लोकेन्द्र कुमार भन्डारीले बताए । ग्रर्मी मौसमका कारण एसपटक रातिमा प्रतियोगिता गर्न लागीएको हो । साझ ४ बजेबाट सुरू हुने खेल राती १० बजे सकिने गरी तैयारी गरिएको अध्यक्ष भन्डारीले बताए । प्रतियोगितामा बिभागिय टिम नेपाल प्रहरी ससत्र प्रहरी नेपाल आर्मी गण्डकी प्रदेस कोशी प्रदेश रआयोजक मणिमुकुन्द भलिवल क्लब गलकोट भलिवल क्लब र भारतको साग भलिवल एकेडेमी गुजरातको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक सुरेन्द्र गुरूङले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाण पत्र पाउने छन । दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाणपत्र हात पार्ने छन । तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाणपत्र पाउने छन । सान्तोना हुनेटिमले ६६ हजार ६ सय ६६ कप प्रमाणपत्र हातपार्ने छन। प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार मेडल प्रमाणपत्र पाउनेछन भने प्रतियोगितामा बिदागत तर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजार मेडल प्रमाणपत्रले पुरस्कृत गरिने क्लबका बरिष्ठ उपाध्यक्ष किसन चन्दले बताए । ६ गतेबाट सुरूहुने प्रतियोगिता १३ गते सम्म सन्चालन हुने आयोजक मणिमुकुन्द भलिवल क्लबका निबर्तमान अध्यक्ष मिलन रानाले बताए । प्रतियोगितामा बिभीन्न टिममा बिदेशी खेलाडीको सहभागिताले खेल रोचक हुने आयोजक भनाई छ।
कमेन्ट गर्नुहोस्