लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा उल्लासमय माओवादी अभियान,यस्तो छ आज दिनभरको प्रचण्डको कार्यक्रम

IMG

तिलोत्तमा।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।माओवादी केन्द्रले सञ्चालन गरिरहेको जनतासँग माओवादी तराई–मधेश हुलाकी मार्ग अभियानअन्तर्गत अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ रुपन्देहीमा आइपुगेका हुन् ।


बुधबार पूर्वी र पश्चिम नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुँदै बुटवल–नारायणगढ सडकको समेत उनले निरीक्षण गरेका थिए । अध्यक्ष प्रचण्ड बिहान साढे ५ देखि ८: ३० बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवादमा सहभागी भएका छन् । यस्तै बिहान ९ बजे पत्रकार सम्मेलन, १० बजे युवा, विद्यार्थी र वाइसीएललाई प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया तथा १२ बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन गर्ने कार्यक्रम तय भएको पार्टीका रुपन्देही संयोजक नारायण जिसी (निर्मल)ले जानकारी दिए ।


दिउँसो २ बजे मर्चवारको मझगावामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे जनतासँग माओवादी तराई–मधेश हुलाकी मार्ग अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।


कमेन्ट गर्नुहोस्