लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली युवा टाेलीले दिल्लीलाई ५ विकेटले हरायाे

IMG

काठमाण्डाै – नेपाली युवा टोलीले पहिलो अभ्यास खेलमा दिल्लीको १९ वर्षमुनिको टोलीलाई ५ विकेटले हराएको छ ।दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले ३१ ओभरमा ५ विकेट गुमाएर भेटायो । नेपालका अमर मिश्रले २७, रोशन विश्वकर्माले नटआउट २५ रन बनाए ।


दिल्लीका अमन चौधरीले २ विकेट लिए ।यसअघि वीरगञ्जमा टस जितेर ब्याटिङ गरेको दिल्लीले २३ ओभर ३ बलमा ९५ रन बनाउँदा सबै विकेट गुमायो । दिल्लीका सार्थक पलले २९ रन बनाए । नेपालका सिबरिन श्रेष्ठ र अपराजित पौडेलले ३/३ विकेट लिए ।यो जीतसँगै नेपाली युवा टोलीले तीन खेलको ५० ओभरको अभ्यास खेलमा १–० को अग्रता लिएका छ । दोस्रो अभ्यास खेल पर्सि बिहीवार हुनेछ ।

कमेन्ट गर्नुहोस्