
तिलोत्तमा। नेकपा (एकिकृत समाजवादी) रूपन्देहीकाो अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् ।आईतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । लामो राजनीतिको अनुभव सगालेका शाहले आफूले नेकपा एकिकृत समाजवादीलाई रुपन्देहीमा सशक्त पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए ।
उनले सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने समेत उनले बताए ।अधिवेशनले उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले बताए ।यसैगरी उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन भएका छन् ।यसैगरी विधानले तोके अनुसारको समावेशि सदस्यहरु सहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।
निर्वाचितहरुलाई निर्वाचन मण्डलको उपस्थितीमा प्रमणपत्र प्रदान गरिएको छ ।पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले अध्यक्षतामा गठन गरिएको अध्यक्ष मण्डलमा पाृलिटब्यूरो सदस्य अब्दुल हुसेन खाँन, केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, भगवती घिमिरे, उमा काफ्ले, लक्ष्मी भुसाल, बाबुलाल यादव रहेका थिए ।शनिबार उद्घाटन गरिएको अधिवेशनको आईतबार बन्दसत्र भएको थियो । अधिवेशनको शनिबार नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले उद्घाटन गरेका थिए ।
कमेन्ट गर्नुहोस्