
तिलोत्तमा।नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटीपिपल तिलोत्तमा बभनीमा जारी पाँचौं न्यु राईज कपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा नवयुवाद्वारा बिग बुद्ध एफसी, सुनवल ५-१ ले पराजित हुँदै फाइनलमा प्रवेश गरेको हो। बुधबार सम्पन्न पहिलो सेमिफाइनलतर्फ बिग बुद्ध विरुद्ध ह्याट्रिक गरेका नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलका बिशाल सुनार म्यान अफ दि म्याच घोषित भएका छन् ।
गत फागुन २७ गतेबाट शुरु भएको सो प्रतियोगिता यहि चैत्र ९ गतेसम्म चल्नेछ। प्रतियोगितामा आयोजक सहित यसक्षेत्रका कुल १२ टोली बीच खेल हुने क्लवले जानकारी गराएको छ। प्रतियोगितामा बिजेता टिमले नगद रू ८० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन भने उपविजेताले ४५ हजार नगद सहित शिल्ड, मोडल र प्रमाणपत्र प्राप्त गर्नेछन।
यसैगरि निधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद सहित पुरस्कारको ब्यवस्था गरिएको छ। खेल तिलोत्तमा-१३ स्थित बभनी भुपु सैनिक आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको क्लबका कृष्ण खनालले बताएका छन।कुल ८ लाख खर्च अनुमान गरिएको प्रतियोगिता स्व भिम बहादुर खड्काको स्मृतिमा उहाँका श्रीमति र छोराहरूले प्रथम पुरस्कारको आयोजना गरेको प्रतियोगितामा क्लवका संरक्षक भण्डारी ब्रदर्शको सहप्रायोजन रहेको छ ।
कमेन्ट गर्नुहोस्