लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वुमन्स डे कप : नेपालले आज युगान्डासँग प्रतिस्पर्धा गर्दै

IMG

तिलोत्तमा। वुमन्स डे कपमा नेपालले आज घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ।एन्टेबे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउसो पौने पाँच बजे सुरु हुनेछ। नेपालले, अहिलेसम्म जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ। र, त्यो जित युगान्डासँग नै थियो। लिगको पहिलो चरणमा नेपालले युगान्डालाई एक विकेटले हराएको थियो।  दुई अंक जोडेको नेपाल तालिकाको पुच्छारमा छ ।


तेस्रो स्थानमा रहेको युगान्डाको चार र दोस्रो स्थानको नामिबियाको पनि समान चार अंकनै छ।हङकङ ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। नेपाल हिजो भएको खेलमा नामिबियासंग २३ रनले पराजित भएको थियो। युगान्डाले हकङलाई चार विकेटले नतिजा सुम्पियो। शीर्ष दुईमा रहने टिमले उपाधिका लागि खेल्नेछन्।

कमेन्ट गर्नुहोस्