
तिलोत्तमा । न्यु सृजना युवा क्लब तिलोत्तमा-१३ करौजिया द्वारा आयोजित सातौ न्यु सृजना कप को फाइनल खेलमा फर्साटिकर युवा क्लबलाई रोमाञ्चक खेलमा २ गोलले पछि पर्दै बिजयी भएको छ। पाचौ न्यु सृजना कपको उपाधि चुम्दै जनज्योति क्लबले फर्साटिकर युवा क्लब बिरुद्ध ३ गोल गर्यो भने फर्साटिकर युवा क्लबले १ मात्र गोल गर्दै पराजय खेप्नुपरेको छ। सातौ न्यु सृजना कप को फाइनल खेल तथा समापन समारोह क्लबका अध्यक्ष सोबित थापा दर्लामीको अध्यक्षता तथा रुपन्देही क्षेत्र नं ३ ख लुम्बिनी प्रदेश सभासद तथा प्रमुख सचेतक तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको क्लबका अध्यक्ष सोवित दर्लामी मगरले बताए।सो कार्यक्रममा बिशिस्ठ अतिथि प्र्व्ज्वल बोहोराले खेलकुद बाट राष्ट्र र स्वास्थ्यको लागि अतुलनिय योगदान दिन सकिने बताए। उनले ग्रासरुटमा खेलाडी उत्पादन गर्दै समाजलाई एकत्रित गर्न खेलकुदले सहयोग गर्ने उल्लेख गरे।
समापन खेलमा फर्साटिकर युवा क्लब फर्साटिकरका खेलाडी आकाश मगर म्यान अफ दि म्याच ,फर्साटिकर युवा क्लब फर्साटिकरकै खेलाडी टिकाराज गुरुङले सबै खेलम ८ गोल गर्दै सर्बाधिक गोल कर्ता , जनज्योति का अनुप राना बेस्ट गोल किपर ,न्यू राइजका निमेष गुरुङ उदयमान खेलाडी , उत्कृष्ट खेलाडीमा जनज्योतिका येरोन थापा भएका छन ।यसैगरि प्रतियाेगिताका मुख्य प्रायाेजकमा तिलाेत्तमा १३ कराैजिया निवासि समाजसेवी , वुद्दिजिवि तथा सामाजिक अगुवा कुलबहादुर रेश्मि मगरकाे विशिष्ट आतिथ्यता रहेकाे थियोे । यसैगरि क्लबका संरक्षक तथा समाजसेवी वुद्दिजिवि नरजङग गुरुङकाे , खेलकुद प्रेमि युवा नेता प्रज्वल वाेहाेरा काे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी रुपन्देही क्षेत्र नं ३ ख लुम्बिनी प्रदेश सभासद तथा प्रमुख सचेतक चौधरीले बिजयी तथा उपविजेता एबम खेलमा रेफ्रीको भूमिका निर्वाह गर्ने तथा सहयोग गर्ने सबैलाई सम्मान गरेका थिए। प्रमुख अतिथि चौधरीले सिनियर रेफ्रीलाइ फुटबल हस्तान्तरण गरि खेलको फाइनल प्रस्तुतिको उद्घाटन गर्नुभएको थियो।कुल १६ टोलीहरु सहभागि प्रतियोगिताको फाइनलमा प्रमुख अतिथी माननीय तुलसी चौधरीले बिजेतालाई उपाधिसहित नगद १ लाख २२ हजार ५ सय रुपैयाँ हात पारेको छ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। प्रमुख अतिथी माननीय तुलसी चौधरीको हातबाट खेलमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई सम्मान सहित मायाको चिनो हस्तान्तरण गरिएको थियो। कार्यक्रममा आमन्त्रित सबैलाई स्वागत मन्तव्य रोशनी थापाले दिनु भएको थियो भने कार्यक्रम संचालन धन बहादुर चौधरीले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्