लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केन्द्र बुटवलकाे अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित

IMG

बुटवल । नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीकाे अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित भएका छन् ।शुक्रबार सम्पन्न निर्वाचनमा कृष्णप्रसाद बञ्जाडेलाई ४ मतले पराजित गर्दै भुसाल निर्वाचित भएका हुन् ।भुसालले ३२ र बञ्जाडेले २८ मत ल्याएका थिए ।


सर्वसम्मतिकाे प्रयास असफल भएपछि महिला उपाध्यक्ष र  सहसचिव वाहेक सबै पदमा मतदान भएकाे थियाे । महिला उपाध्यक्षमा बसन्ता खनाल र सहसचिवमा रचना श्रेष्ठ यसअघि नै  सर्वसम्मत भएका थिए । निर्वाचनबाट खुल्ला उपाध्यक्षमा योगेन्द्र गौतम,समवेशी उपाध्यक्षमा लाल बहादुर थापा,सचिवमा तुल्सीराम न्यौपाने र कोषाध्यक्षमा पुर्ण बहादुर परियार निर्वाचित भएकाे निर्वाचन समिति सदस्य रिज्जु श्रेष्ठले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्