लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोहलीको शतकसंगै पाकिस्तानको भारतसंग हार

IMG

आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई भारतले बिराट कोहलीको शतकमा जित सुनिस्चित गरेको छ ।दुबईमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तान ४९ ओभर ४ बलमा २ सय ४१ रनमा अलआउट भयाे भने भारतले ४२ ओभर ३ बलमा २४४ रन ल्याएर लाराजित गरेको छ। पाकिस्तानका सउद शकीलले ६२, कप्तान माेहम्मद रिजवानले ४६, खुश्दिल शाहले ३८ रन बनाए । भारतका कुलदीप यादवले ३, हार्दिक पान्ड्याले २ विकेट लिए ।


पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाव भएपनी भारतको दबाबमा पाकिस्तानले हार खेप्नु पर्यो। आईसीसी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच अहिलेसम्म ५ पटक भेट भएकोमा पाकिस्तान ३ खेल र भारत २ खेलमा विजयी भएको छ । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच अहिलेसम्म १ सय ३५ पटक भेट भएकोमा पाकिस्तान ७३ खेल र भारत ५७ खेलमा विजयी भएको छ ।


दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।

कमेन्ट गर्नुहोस्