
तिलोत्तमा,फागुन ८।तिलोत्तमाको करौजियामा जारी स्व. उमा रेश्मी मगर स्मृति सातौं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा शुद्धोदनलाई हराउदै जनज्योति न्यु सृजना कपको क्वाटरफ़ाइनलमा प्रवेश गरेको छ ।करौजिया गुम्बाको सृजना युवाक्लबको खेल मैदानमा भएको खेलमा जनज्योतिले शुद्धोदनलाई १-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको २३ औं मिनेटमा शुद्धोधन गाउँपालिका का खेलाडी जर्सी नं ९ बलराम न्यौपानेले १ गोल गर्दै अग्रता दिलाएका थिए पहिलो हाफ सम्म शुद्धोधन गाउपालिका १ गोलले लिड गरेको थियो भने जनज्योति फुटबल क्लबका खेलाडी जर्सी नं ८ का मिसन दर्लामीले दोस्रो हाफको १७ औं मिनेटमा १ गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निकै रोमाञ्चक बनेको खेलको २७औं मिनेटमा जनज्योति फुटबल क्लबकै खेलाडी जर्सी नं ६१ रोहन राईले १ गोल गर्दै २-१ ले अग्रता लिदै जनज्योति क्लबलाई बिजयी गराउन सफल भएका छन।
आजको खेलमा म्यान अफ द म्याच जर्सी नम्बर ८ का जनाज्योतिका मिसन दर्लामी भएका थिए। उनले लाली चाउचाउ १ प्याकिङ्ग र नगद रुपैया १ हजार प्राप्त गरेका छन्।सो खेलाडीलाई म्यान अफ द म्याच को ट्र्फी ,नगद सम्मान न्यु सृजना युवा क्लब का संरक्षक क्याप्टेन नरजंग गुरुङले हस्तान्तरण गर्नु भएको थियो। आज भएको खेलमा चिल्हिया प्रहरी चौकी इन्चार्ज बसन्तसिंह ठकुरीले फुटबल हस्तान्तरण क्याटोगरी नेशनल २ मुख्य रेफ्री कृति सेनलाई हस्तान्तरण गरि खेलको शुरूवात भएको थियो। भोली फागुन ९ गतेको खेल झरना स्पोर्ट्स क्लब तिलोत्तमा -६ कुन्जलापुर भर्सेज सिद्धार्थ क्लब तिलोत्तमा -१ चपरहट्टी बिच दिउँसो ३ बजे न्यु सृजना युवा क्लबको खेल मैदानमा हुने क्लबका वरिष्ठ सल्लाहकार तथा प्रतियोगिताका खेल प्रचारप्रसार प्रमुख धन बहादुर चौधरीले जानकारी गराउनु भयो।
विजेताको पुरस्कार राशी स्व.उमा रेश्मी मगरको स्मृतिमा संचालित सातौ न्यु सृजना कप नक आउट फुटबल प्रतियोगिता २०८१ लाइ सम्पन्न गर्न मुख्य प्रायोजन स्व. उमा रेश्मी मगरका धर्मपति कुल बहादुर रेश्मी तथा उहाको स-परिवार,सह-प्रायोजक तिलोत्तमा नगरपालिका नगर कार्यापालिकाको कार्यालय कुन्जलापुर रुपन्देही , तिलोत्तमा नगरपालिका वडा नं १३ को कार्यालय बिसौरिया रुपन्देही , यसोदा फुडस प्रा. लि. तिलोत्तमा-१५ मधवलिया लगायत स्वदेश तथा बिदेशमा रहेका शुभचिन्तकहरुले सहयोग गरेको प्रचार प्रसार प्रमुख तथा बरिष्ठ सल्लाहकार धन बहादुर चौधरीले बताए। प्रतियोगिताको रोमाञ्चक खेल आएसंगै दर्शकको उपस्थिति तिब्र रुपमा बढेको र अन्य देश बिदेशबाट समेत सहयोगी हातहरु आउने क्रम पनि जारी रहेको उनले बताए ।
कुल १६ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने फागुन २४ गतेका दिन हुने आयोजकले जानकारी दियो ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २२ हजार ५ सय रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले बताए ।
कमेन्ट गर्नुहोस्