लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्ने

IMG

तिलोत्तमा,फागुन ८। लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले हरायाे । नेपालकी सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा गोल गरिन् ।प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलाे खेलमा किर्गिस्तानलाई १–० गाेलले हराएकाे थियाे ।


अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ । नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो ।आजै भएकाे खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गाेलले हराउँदै लगातार दाेस्राे जीत हासिल गरेकाे हो । म्यानमारले पहिलाे खेलमा लेबनानलाई ३–१ गोलले हराएकाे थियाे ।अब समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे किर्गिस्तान र लेबनान तथा बेलुकी ६ बजे नेपाल र म्यानमार खेल्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

कमेन्ट गर्नुहोस्