लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साबिक विजेता आर्मी अन्तिम ८ बाटै बाहिरियो

IMG

तिलोत्तमा,माघ २९ गते २०८१।साबिक विजेता त्रिभुवन आर्मी क्लब ब्बाइज युनाइटेड सँग पराजित हुँदै २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ। पोखरा रङ्गशालामा सोमबार भएको खेलको अन्तिम मिनेटमा राज भुसालले गोल गरेपछि आर्मी क्लब स्तब्ध बनेको हो।


खेलको २५ औँ मिनेटमा मैदान छिरेका राजले ९० औँ मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा गएन।यस जितसँगै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुग्यो। चर्च ब्वाइजका मिलन राई म्यान अफ दी म्याच भए। चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाल पुलिससँग खेल्ने छ। 

कमेन्ट गर्नुहोस्