
तिलोत्तमा,माघ २५।रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री गीर्वाण सरस्वती सँस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा खेल महोत्सव सम्पन्न भएको छ । बिद्यालयको बार्षिक खेलकुद कार्यक्रम अन्र्तगत आयोजित खेल महोत्सवको तेस्रो दिन बिहिबार विभिन्न खेल कार्यक्रम सम्पन्न भए । जसमा स्लो साइकल रेस, छात्र छात्रा गंगटे दौड, छात्र छात्रा हाइजम्प, छात्र छात्रा ट्रिपल जम्प, छात्राछात्रा तीन खुट्टे रेस, छात्र छात्रा ४×१०० रिले दौड, छात्रछात्रा १५०० मिटर दौड तथा छात्रछात्रा भाला फ्याक्ने प्रतियोगिता सहितका विभिन्न बौद्धिक तथा रोमान्चक खेलहरु सम्पन्न भएको खेल सँयोजक दीपकजँग पौडेलले जानकारी दिए ।
विद्यालयका प्राचार्य केदारचन्द्र पराजुलीले विद्यार्थी भित्रको अतिरिक्त क्रियाकलाप सम्बन्धि क्षमता आँकलन गर्न एवँ खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्न सप्ताहब्यापी खेल कार्यक्रम फलदायी सावित भएको जानकारी दिए ।विद्यालयका अतिरिक्त क्रियाकलाप सँयोजक दीपकजँग पौडेलले यसपटकको सप्ताहब्यापी प्रतियोगिताबाट थुप्रै प्रतिभावान एवँ नयाँ नयाँ विद्यार्थी खेलाडीहरुको प्रतिभा पहिचान गर्न पाइएको र यो विद्यालयका लागी मात्रै नभई सिगो तिलोत्तमा र राष्ट्र कै लागि गौरवको विषय भएको बताउनुभयो ।विद्यालयका अध्यक्ष यमदत्त सुवेदी लगायतको उपस्थितिमा माघ २२ गतेबाट शुरु सप्ताहमा करीव ५० बढी इभेन्ट्मा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरेका थए । खेल सप्ताहका विजयी सम्पुर्ण प्रतिभावान विद्यार्थी खेलाढीहरुलाई एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने विद्यालय परिवारले जनाएको छ ।
कमेन्ट गर्नुहोस्