लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रपति पाैडेलसँग बेलायतका राजकुमार दम्पतीकाे भेट

IMG

तिलोत्तमा,माघ २२।नेपाल भ्रमणमा आउनुभएका बेलायका राजकुमार एवम् एडिनबर्गका ड्युक एड्वार्ड र उहाँकी श्रीमती सोफीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।आज दिउँसाे राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एड्वार्ड र उहाँकी श्रीमती सोफियाले पाैडेलसँग भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।


आज बिहान साढे ११ बजे सोफी र त्यसको केहीबेरपछि एड्वार्ड काठमाण्डौ आइपुग्नुभएको हो । दुवै जनालाई परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुभएको थियाे ।बेलायती राजकुमार दम्पतीको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । उहाँहरूलाई ‘ख श्रेणी’ को सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।बेलायती राजकुमार दम्पती ब्रिटिश गोर्खाको शिविरमा जाने कार्यक्रम छ । यस्तै काठमण्डौ, पोखरा र घान्द्रुकका विभिन्न ठाउँमा घुमघामको पनि तालिका रहेको छ ।बेलायती राजकुमार दम्पतीको सन् २०२५ को यो पहिलो विदेश भ्रमण हो । उहाँहरू आउँदो आइतवार स्वेदश फर्कनुहुनेछ ।

कमेन्ट गर्नुहोस्