
प्रकाश पाण्डे,माघ १८ गते । नेपाली काँग्रेसको १०० दिने अभियानको अन्तिम दिन माघ १६ गते, तिलोत्तमा नगरस्तरीय कार्यक्रममा पुर्वमन्त्रीदेखि केन्द्रिय तहसम्मका नेताहरु सहभागी भएका छन । तिनपा ९ होटल मदानीमा काँग्रेस कार्यकर्ताहरु माझ आयोजित कार्यक्रममा बोल्ने नेताहरुले पार्टी बलियो बनाउन एकढिक्का भई अघि बढनुको विकल्प नरहेको औल्याए । उनीहरुले फुटेर होइन जुटेर अघि बढ्दै पार्टी कार्यकर्ता माझ सहमति, सहकार्य, एकता र भाईचाराको सन्देश दिनुपर्ने बेला आएको समेत प्रष्ट पारे । कार्यक्रममा बोल्दै पुर्व गृहमन्त्री एवँ नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले तिलोत्तमा नगरपालिकालाई स्वच्छ, सफा, हराभरासँगै शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरका विभिन्न उपाएसँग जोडने गरि काम गर्न नगरप्रमुखसँग आग्रह गरे । खाँडले बोलीले भन्दा पनि ब्यवहारले काम गरेर देखाउने बेला आएको बताए । उनले तिलोत्तमाको कुल जनसँख्यालाई गणना गर्दा पुरुषभन्दा महिला सँख्या नै बढी रहेको भन्दै सँख्यात्मक हिसावले धेरै रहेका महिलाहरुलाई नेतृत्व तहमा ल्याउने गरि रोजगार र उद्यमसँग जोड्न सके उत्तम हुने बताए ।
एक अर्को फरक प्रसँगमा बोल्दै उनले तात्कालिन राजा महेन्द्र तथा विरेन्द्रको पाला निरँकुशता विरुद्ध पहिलो मोर्चामा रही सँर्घर्ष गर्ने शिक्षकहरु नै रहेको स्मरण गरे । उनले शिक्षकहरु प्रति आफ्नो सदैव उच्च सम्मान रहेको बताउदै अहिले शिक्षा ऐन बनाउदा केही कमी कमजोरी पक्कै भएको स्वीकार गरे । कार्यक्रममा बोल्दै काँग्रेस महिला नेतृ केन्द्रिय सदस्य तथा प्रतिनिधि डा जीवन रानाले पार्टी गतिविधि प्रभावकारी बनाउन तल्लो तहलाई सक्रिय बनाउदै गोलबद्ध भई काम गर्नुपर्नेमा जोड दिइन । उनले पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउदै आम कार्यकर्तामाझ पुगेर सबैको सल्लाहं, सुझाव र मनोभाव सहित अघि बढनु आजको मुल आवश्यकता भएको बताइन । सो अवसरमा बोल्दै काँग्रेस रुपन्देही सभापति एवँ तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँडले नितिनियम, मुल्य मान्यता, सिद्धान्त र आर्दश बोकेको नेपाल कै एकमात्र पार्टी भनेको नेपाली काँग्रेस भएको बताए । उनले पार्टी सकिने भो भनेर चोक चौराहामा बहसको विषय नबनाउन आम नेता कार्यकर्तालाई आग्रह गर्नुभयोृ ।
उनले अबको समय भनेको रोजगार, श्रम, सीप र समृद्धिसँग जोडिएर काम गर्ने बेला आएको समेत बताए । नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति एवँ कार्यक्रमका अध्यक्ष हरिलाल पाण्डेले पार्टीको केन्द्रिय निति अनुसार आयोजित १०० दिने अभियानमा तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा विशेष कार्यक्रम सम्पन्न गरिएको बताए ।
नेपाली काँग्रेस तिलोत्तमा नगर समितिद्धारा आयोजित कार्यक्रममा केन्द्रिय तहबाट नेतृत्व वर्ग सहभागी भई कार्यक्रम सफल बनाएकोप्रति पाण्डेले सबैलाई बधाई दिदै खुसी ब्यक्त पनि गरे । पुर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता बालकृष्ण खाँडको प्रमुख आतिथ्य, विशिष्ट अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा १०० दिने अभियान अन्र्तगत रुपन्देही जिल्लामा खटिएर आउनुभएका नेतृ डा जीवन राना, केन्द्रिय सदस्य गँगा शाही, नेपाली काँग्रेसका पुर्व पार्टी जिल्ल सभापतिद्धय शैलेन्द्र कुमार अधिकारी र रामचन्द्र ढकाल, नेपाली काँग्रेसका हालका जिल्ला सभापति तथा तिलोत्तमा नगर सभापति रामकृष्ण खाँड, नेपाली काँग्रेसका क्षेत्र न १ का क्षेत्रिय सभापति हिरा बहादुर खत्री, क्षेत्र न ३ का क्षेत्रिय सभापति शुशिल गुरुगँ, क्षेत्र न २ का क्षेत्रिय उपसभापति तथा तिनपा ६ का वडा अध्यक्ष गणेश पाठक, नेपाली काँग्रेस रुपन्देहीका सचिव हरि काफ्ले, प्रदेश सभापतिहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, नेपाली काँग्रेसका जिल्ला सदस्यहरु, तिलोत्तमा नगर समितिका निर्वाचित वडा अध्यक्षहरु, १७ वटै वडाका वडा सभापति, नगरका पदाधिकारी तथा सदस्यहरु, टोल विकाश समितिका सँयोजक तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्