लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोमान्चक जितका साथ् लिस्नु सातौं सञ्जिवनी कपको क्वाटरफाइनलमा

IMG

तिलोत्तमा,माघ १८।रोमाञ्चक जितका साथ लिस्नु युवा क्लब, कोटिहवा तिलोत्तमा-१४ मा जारी स्व. लाल बहादुर–डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ लिस्नुले जनज्योति युवा क्लब, डिंगरनगरलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । सञ्जिवनी खेलमैदानमा भएको खेलमा लिस्नुका लागि एमोस पुन र आयुष गुरुङ्गले गोल गरे ।


पराजित जनज्योतिका लागि भने कप्तान मिशन दर्लामीले गोल गरेका थिए ।खेलमा लिस्नुका एमोस पुन म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १९ गते शनिबारको अन्तिम प्रिक्वाटरफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र अमुवा युवा क्लब, अमुवा बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।


कमेन्ट गर्नुहोस्