लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुवँरवर्तीको खेल महोत्सव सम्पन्न

IMG

तिलोत्तमा,माघ ११।कुवँरवर्ती इँग्लिश बोर्डिग स्कूलद्धारा आयोजित त्रिदिवसीय खेल महोत्सव शुक्रबार सम्पन्न भएको छ । हाउस वाइज विभिन्न खेलहरु आयोजना गरिएको खेल महोत्सवको अन्तिम दिन शुक्रबार छात्र छात्रा बोरा दौड, स्लो साइकल रेस, रिले दौड, म्युजिकल चियर र चेस लगायतका खेलहरुमा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरे । यसैगरि शुक्रबार नै फुटवल छाज्ञा तर्फ ब्लु हाउस प्रथम, ग्रीन हाउस द्धितिय तथा रेड हाउस तृतीय भए भने छात्र फुटवल तर्फ रेड हाउस, ह्वाइट हाउस र ग्रीन हाउस क्रमश प्रथम द्धितिय र तृतीय भए ।


यसैगरि क्रिकेट छात्रतर्फ रेड हाउस प्रथम, ह्वाइट हाउस द्धितिय तथा ग्रीन हाउस तृतीय भए । छात्र भलिबलतर्फ रेड हाउस प्रथम भयो भने ब्लु हाउस द्धितिय र ग्रीन हाउस तृतीय भए । रुपन्देहीको तिलोत्तमा वडा न ८ मा रहेको कुवँरवर्र्ती इँग्लिश बोर्डिग स्कुलले माघ ९ गतेबाट आयोजना गरेको खेल महोत्सवको अन्तिम नतिजा अनुरुप ग्रीन हाउसले ८४ अँकसहित प्रथम स्थान हासिल गर्यो भने रेड हाउसले ७८ अँकसहित द्धितिय स्थान हासिल गर्यो । विजयी विद्यार्थी तथा टीमलाई आगामी माघ १८ गते शुक्रबार विद्यालयको स्थापना दिवसको अवसर पारेर पुरस्कृत गरिने कार्यक्रम संयोजक तथा अतिरिक्त क्रियाकलाप प्रमुख (युवराज रिमाल) ले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्