लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुवँरवर्तीको खेल महोत्सव दोस्रो दिन पनि जारी

IMG

तिलोत्तमा,माघ ११ गते । कुवँरवर्ती स्कूलद्धारा आयोजित त्रिदिवसीय खेल महोत्सव दोस्रो दिन पनि जारी रह्यो । रुपन्देहीको तिलोत्तमा वडा न ८ मा रहेको कुवँरवर्ती इँग्लिश बोर्डिग स्कुलको आयोजनामा त्रिदिवसीय खेल दिवस अन्र्तगत बिहिबार ४ छुट्टाछुट्टै हाउसले खेलकुदका विभिन्न विधामा प्रतिस्पर्धा गरे । जसअन्र्तगत हाउस वाइज छात्रछात्रा बीच हाइजम्प, लङ्गजम्प, छात्र छात्रा २०० मिटर दौड, कोन ब्यालेन्स, म्याथम्याटिकल रेस, सियो धागो रेस, छात्र छात्राबीच सटपुट लगायतका सम्पन्न भए । बिहिबार नै छात्रा भलिबलतर्फ रेड हाउस प्रथम भयो भने  वाइट हाउस द्धितिय र ग्रीन हाउस तृतीय भए ।


क्रिकेट छात्र तर्फ भने ग्रीन हाउसले तेस्रो स्थान हासिल गर्दा रेड हाउस र ह्वाइट हाउस बीचको अन्तिम तथा फाइनल खेल शुक्रबार हुनेछ । यसैगरि अब बाँकी रहेका छात्र छात्रा रिले दौड, स्लो साइकल रेस, छात्र भलिबल एवँ फुटबल लगायतका खेलमा शुक्रबार भिडन्त हुनेछ । अहिलेसम्म पोइन्ट टेवलमा ग्रीन हाउस र ब्लु हाउस ४८, ४८ अँक सहित प्रथम स्थानमा छन भने ह्वाइट हाउस २९ अँकका साथ दोस्रो स्थानमा तथा रेड हाउस २८ अँकका साथ चौथो स्थानमा कायम छन ।


कार्यक्रम संयोजक तथा अतिरिक्त क्रियाकलाप प्रमुख (युवराज रिमाल) का अनुसार विद्यालयको बार्षिक क्यालेण्डर अन्र्तगत खेल महोत्सवको आयोजना गरिएको हो । तिलोत्तमा-८ ज्योतिनगरमा रहेको खेल मैदानमा माघ ९ गते बुधबारबाट शुरु भएको खेल महोत्सव माघ ११ गते शुक्रबारसम्म चल्नेछ । लेवल वाइज ३ चरणमा आयोजित खेल महोत्सवमा एथलेटिक्स लगायत क्रिेकेट, भलिबल, फुटवल लगायतका विभिन्न विधागत स्पर्धामा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गर्दैछन ।


कमेन्ट गर्नुहोस्