लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यु-१६ दोस्रो ईलाइट कप फ़ुट्सल टुर्नामेण्टको उपाधी,आयोजक इलाइट एकेडेमीलाई

IMG

तिलोत्तमा। इलिट एकेडेमी,तिलोत्तमाको आयोजना तथा भेनाको चटपटे, पोखराको मुख्य प्रायोजनमा सम्पन्न दोस्रो इलिट कप यु–१६ फुटसल प्रतियोगिताको उपाधि आयोजक इलिट एकेडेमीले नै जितेको छ । फाइनलमा सनराईज फुटसल एफसीलाई हराउँदै इलिट एकेडेमी च्याम्पियन्स बनेको हो ।कुल २२ वटा टिमको सहभागिता भएको खेल २ दिन सम्म चलेको थियो। फाइनलमा सनराईज फुटसललाई पेनाल्टी शुटआउटमा हराउँदै इलिट च्याम्पियन बनेको हो ।


तिलोत्तमा-६ का स्वर्गीय खेलाडी अंकित पुनको स्मृतिमा संचालन गरिएको खेल निकै रोमाञ्चक बनेको थियो। सनराईज फुटसल कोर्ट मै भएको निर्धारित समयको खेल रोमाञ्चक ३–३ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटमा लिइएको थियो । पेनाल्टी शुटआउटमा इलिटले सनराईजमाथि ६–५ को जित निकाल्दै उपाधि जित्न सफल भयो ।विजेता बनेको इलिट एकेडेमीले उपाधिसहित नगद १५ हजार हात पार्यो भने उपविजेता सनराईजले ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विधागततर्फ उत्कृष्ट गोलरक्षक प्रथम गुरुङ्ग बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार अल्बिस गुरुङ्गले हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी निक्की थापा बन्दा इन्टर स्पोर्टसले फेयर प्ले पुरस्कार प्राप्त गर्यो ।


विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई वरिष्ठ चिकित्सक डा. नन्दु पाठक, राष्ट्रिय प्रशिक्षक यम प्रसाद गुरुङ, आयोजक एकेडेमीका व्यवस्थापक सिजन थापा, संस्थापक ओम थापा, खेल संयोजक मनु श्रीस, सह–खेल संयोजक नितान छन्तेल, न्यु सिर्जना युवा क्लब, करौजियाका अध्यक्ष तथा सक्रिय युवा फुटबल अभियन्ता सोबित दर्लामी मगर लगायतले पुरस्कृत गरेका थिए ।प्रतियोगतामा ओम महिला तथा बालबालिका प्रा.ली अस्पताल- तिलोत्तमा-४ ले दोस्रो U-16 एलिट फुटसल प्रतियोगीता भरी प्राथमिक उपचार र एम्बुलेन्स सुबिधा प्रदान गरेको आयोजकका तर्फबाट सिजन थापाले बताए।   


कमेन्ट गर्नुहोस्