लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जय ट्रफीको उपाधिका लागि दुई विभागीय टोली खेल्ने

IMG

तिलोत्तमा,पौष २८। मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को उपाधिका लागि दुई विभागीय टोली भिड्ने पक्का भएको छ । माघ १ देखि हुने तीनदिवसीय फर्म्याटको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको हो ।आरिफ शेखको कप्तानीमा रहेको पुलिस लिग चरणमा शीर्ष स्थानमा रह्‍यो भने विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी दोस्रो स्थानमा रह्‍यो ।


पुलिसले दुई खेल जित्दा एकमा ड्र खेलेको थियो । त्यसैगरी आर्मीले एक खेल जित्दा दुई खेलमा ड्र खेल्यो ।पुलिसले पहिलो खेलमा आर्मीसँग ड्र खेलेपछि मधेश प्रदेश र बागमती प्रदेशलाई हराएको थियो । आर्मीले पहिलो खेलमा पुलिससँग ड्र खेल्दा दोस्रो खेलमा बागमती प्रदेशसँग ड्र खेलेको थियो । तेस्रो खेलमा मधेश प्रदेशलाई हराएको थियो ।बलरहरू हावी बनिरहेको प्रतियोगितामा पुलिसका ललिथ राजवंशी र कुशल भुर्तेल शानदार बलिङ गरिरहेका छन् ।


पेसमा गुल्शन झाले पनि राम्रो बलिङ गरेका छन् । आर्मीका साहब आलम र पवन कार्की स्पीनमा चम्किँदा आकाश चन्दले पेसमा राम्रो गरिरहेका छन् ।त्यसैगरी ब्याटिङमा पुलिसका लागि अमित श्रेष्ठ र अर्जुन साउदले राम्रो लय देखाउँदा आर्मीका इमरान शेख र बसिर अहमदले राम्रो गरेका छन् । यीबाहेक अन्य खेलाडीहरूले पनि कुनै एक खेलमा राम्रो गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्