
तिलोत्तमा,पौष १२ गते।रामचन्द्र ढकालको सानदार बलिङसँगै वडा नम्बर ५ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा वडा नम्बर १४ माथि तीन रनको रोमाञ्चक जित निकाल्दै अन्तिम आठ मा प्रवेश गरेको हो।वडा नम्बर ५ ले दिएको ९३ रनको लक्ष्य पछ्याएको वडा नम्बर १४ ले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्रै बनाउन सक्यो। वडा नम्बर ५ लाई सस्तैमा समेट्न रामचन्द्रले सर्वाधिक तीन विकेट लिए। ३.३ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए।
तुलसीराम भण्डारी र निश्चल पोखरेलले समान दुई विकेट लिँदा गणेश पंगेनीको नाममा एक विकेट रह्यो।वडा नम्बर १४ का मनिष थापामगर र दिपेश भण्डारीले मात्रै दोहोरो अंकमा रन बटुल्न सके। १६ बल खेलेका उनले ६ चौकासहित २७ रन बनाए। यस्तै, दिपेशले १० रनको योगदान दिए।त्यसअघि नवजीवन खेलमैदानमा टस हारेर पहिला ब्याटिङ थालेको वडा नम्बर ५ ले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन बनाएको थियो।वडा नम्बर ५ का तुलसीरामले सर्वाधिक २० रन बनाए। २० बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे। रोशन पाण्डे १९ र सुशान्त सुवेदीले १० रनको योगदान दिए।वडा नम्बर १४ का श्रीकान्त केवतले सर्वाधिक चार विकेट दिए। चार ओभर बलिङ गरेका उनले ११ रन खर्चिए पनि टोलीलाई जित दिलाउन सकेनन्। दिपेशको नाममा तीन विकेट रह्यो।
वडा नम्बर १ क्वार्टरफाइनलमा
बिप्रसन केसीले सर्वाधिक ४२ रनले वडा नम्बर १ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पुल बी को खेलमा शुक्रबार वडा नम्बर ९ लाई १८ रनले पराजित गर्दै वडा नम्बर १ ले अघिल्लो चरणमा स्थान बनाएको हो।वडा नम्बर १ ले दिएको १२६ रनको लक्ष्य पछ्याएको वडा नम्बर १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो।वडा नम्बर ९ का बिप्रसन केसीले सर्वाधिक ४२ रन बनाए। ४४ बल खेलेका उनले तीन चौका र ती छक्का प्रहार गरे। निशान पाण्डे २१ रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।वडा नम्बर १ विपिन भट्टराईले सर्वाधिक तीन विकेट लिए।
चार ओभर बलिङ गरेका उनले १२ रन खर्चिए। सागर भट्टराई र विपन न्यौपानेको नाममा समान दुई तथा आषुतोष पाण्डे र प्रवेश सरुको नाममा समान एक विकेट रह्यो। खेलको म्यान अफ द म्याच विपिन भए। उनले एक हजार रुपैयाँ प्राप्त गरे।त्यसअघि नवजीवन खेल मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर १ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रन बनायो।वडा नम्बर १ का अनिल खरेलले सर्वाधिक ३३ रन बनाए। ३२ बल खेलेका उनले पाँच चौका प्रहार गरे। प्रवेश २४, युवराज सेन २३ र विशाल १९ रनमा आउट हुँदा रोशन खरेल १२ रनमा अविजित रहे।वडा नम्बर ९ का अर्जुन बस्याल, विपर्न केसी, कृष्ण पाण्डे, विपल्व केसी र सत्यम पाण्डेको नाममा समान एक विकेट रह्यो।
कमेन्ट गर्नुहोस्