
तिलोत्तमा,पौष ११गते।तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइन प्रवेश गर्न वडा नम्बर २ र १७ भिड्ने भएका छन्। पोल ‘ए’ को खेलमा वडा नम्बर १७ ले ११ लाई ११३ रनले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। वडा नम्बर २ ले बुधबार भएको पहिलो खेलमा वडा नम्बर ३ लाई सात विकेटले पराजित गरेको थियो।वडा नम्बर १७ ले दिएको १६९ रनको लक्ष्य पछ्याएको वडा नम्बर ११ ले १४ ओभरमा सबै विकेट गुमाउँदै ५५ रन मात्रै बनाउन सक्यो। वडा नम्बर ११ का युवराज रिमालबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
२७ बल खेलेका उनले चार चौका र एक छक्कासहित ३१ रन बनाए।वडा नम्बर ११ लाई सस्तैमा समेट्न मुनेश्वर चौधरीले सर्वाधिक पाँच विकेट लिए। पाँच ओभर बलिङ गरेका उनले १० रन मात्रै खर्चिए। यस्तै, सञ्जय पासवानले तीन र लालबहादुर महलाहको नाममा दुई विकेट रह्यो।त्यसअघि नवजीवन खेल मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर १७ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६८ रन बनायो। वडा नम्बर १७ का सागर चौधरीले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए।
५३ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। सिव न्यौपाने १८, दीपेश चौधरी २०, सुदीप मलाह १७ र लालबहादुर मलाहले १२ रनको योगदान दिए।वडा नम्बर ११ का आराभ गिरीले सर्वाधिक तीन विकेट लिए पनि जित दिलाउन सकेनन्। चार ओभर बलिङ गरेका उनले ३० रन खर्चिए। एरिक केसीले दुई तथा विशाल चालिसे र सुमन गिरीको नाममा समान एक विकेट रह्यो।खेलको म्यान अफ द म्याच मुनेश्वर चौधरी भए। उनले एक हजार रुपैयाँ प्राप्त गरे।
सोहि अनुसार मेयर कप टि २० क्रिकेटको आज बिहान सम्पन्न पहिलो खेलमा वडा न ६ विजयी भएको छ। वडा ६ ले दिएको १२५ रनको लक्ष्य पछ्याएको वडा न ८ ले ९३ रन बनाएर अलआउट भयो । खेलमा बिजयी टोलीका अजय गोदार (श्री गोदार) म्यान अफ दि म्याच भए । उनले ३.१ ओवर बलिगं गर्दै १ मेडेन राखि मात्र २ रन दिएर महत्वपूर्ण ६ विकेट हात पारेका छन ।
कमेन्ट गर्नुहोस्