लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा खुल्ला फुटसल प्रतियोगिता शुक्रबारदेखि हुने

IMG

तिलोत्तमा, पौष ४ गते।रुपन्देहीमा हप्तादिनको फरकमा फेरि अर्को ठुलो धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक मण्डे एफसी, बुटवलको आयोजनामा शुक्रबारदेखि दुई दिने मण्डे एफसी दोस्रो खुल्ला फुटसल प्रतियोगिता २०८१ हुने भएको हो ।स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचादी पसलद्धारा प्रयोजित गरिएको प्रतियोगिताको विहिबार पत्रकार सम्मेलन गरि कप अनावरण तथा टाईसिट सार्वजनिक गरेको छ । प्रतियोगिता तयारी पुरा भएको क्लबका अध्यक्ष रबि विश्वकर्माले बताए । फुटसलको क्रेजलाई मध्येनजर गरि प्रतियोगिता गर्न लागेको उनले बताए । रुपन्देही फुटबलको उर्वरभुमी भएको प्रमाण यहा हुने खेल गतिविधिको निरन्तरताले दिने उनको दाबी छ ।


प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ५० हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सुरज थापाले बताए । यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर र उत्कृष्ट गोलकिपरलाई नगद ५–५ हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । योगीकुटीस्थित स्वर्णिम फुटसल एरियामा हुने प्रतियोगितामा काठमाण्डौको एक टिमसहित रुपन्देही, नवलपरासीको गरि २० टिमले भाग लिएका छन ।


कार्यक्रममा कोषाध्यक्ष हरि पोखरेलले लामो समयपछि प्रतियोगिता आयोजना गर्न लागेको बताए। करिब साढे ४ लाख रुपैया खर्च अनुमान गरिएको प्रतियोगिताबाट बचेको रकम पुर्व खेलाडी विक्रमसिह ठकुरी आर्थिक सहयोग र युवाहरुलाई खेलकुद सामग्री वितरण गरिने उनले बताए। प्रतियोगितामा सहभागी बाहिर टिमलाई आवासिय सेवा समेत दिईने उनले बताए।

कमेन्ट गर्नुहोस्