
तिलोत्तमा, मङ्सिर २५ गते २०८१। कपिलवस्तुका चर्चित फुटबल खेलाडी निशान न्यौपानेको सोमबार राति स्कुटर दुर्घटनामा निधन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको अनुसार, न्यौपाने लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा ठोक्किएका थिए।गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा मंगलबार बिहान साढे ५ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको छ।उनी कपिलवस्तुमा सञ्चालित राष्ट्रिय मेला अवलोकन गरेर घर फर्किन लागेका थिए।
न्यौपाने लामो समयदेखि एन्फा एकेडेमीको कप्तान थिए र उनले नेपालमा आयोजना हुने ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। फुटबलमा उनको योगदान र खेलप्रतिको समर्पणले उनलाई स्थानिय र राष्ट्रिय स्तरमा प्रसिद्ध बनाएको थियो।निकटका स्रोतका अनुसार उनको स्कुटर दुर्घटना परि २२ वर्षको उमेर मै निधन भएको हो । दुर्घट्नामा परेपछि उनलाई उपचारका लागि अस्पताल लग्दा मृत्यु भएको बताइएको छ ।बुटवलमा रहेको एन्फा एकेडेमीको उत्पादन समेत रहेका निशानले लामो समय एकेडेमी मै रहेर पनि फुटबल खेलेका थिए । रुपन्देही लगायत आसपासका जिल्लाहरुमा नियमित फुटबल खेल्दै आएका उनले हालै रुपन्देहीमा सम्पन्न तेस्रो समपुर्ण कपको फाइनल समेत खेलेका थिए ।
कमेन्ट गर्नुहोस्