
तिलोत्तमा,मङ्सिर २२ गते २०८१।समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजना रहेको तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी सिम्रिक युवा क्लव बुटवलले जितेको छ । सुपौलीस्थित समपुर्ण क्लवको खेल मैदानमा स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिलकुमारी शेर पुन्जा पुनको स्मृतिमा आयोजित प्रतियोगिताको फाइनलमा चाँदनी युवा क्लब दानापुरलाई शुन्यका विरुद्ध ४ गोलले हराउदै सिम्रिक युवा क्लवले उपाधी कब्जा गरेको हो । प्रतियोगिताको पहिलो हाफ गोलरहित बराबरीमा टुगिंए पनि दोस्रो हाफमा सिम्रिकको तर्फबाट लगातार गोलको बर्षा भएको थियो ।
सिम्रिकको जीतमा अरुण चौधरी, सन्दीप चौधरी, नरबहादुर थापा तथा मीलन आलेले गोल गर्नुभएको थियो । उपाधीसँगै सिम्रिक युवा क्लव बुटवल कालिकानगरले नगद रु २ लाख २२ हजार २ सय २२रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेतामा सिमित बनेको चाँदनी युवा क्लब दानापरले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हाच पार्न सफल भएको छ । प्रतियोगितामा चाँदनी युवा क्लबका खेलाडी निशान क्षेत्री उदयीमान खेलाडी घोषित भए भने सिम्रिकका भीम पुन उत्कृष्ट गोलरक्षक एवं प्रतियोगिताभर ५ गोल गरेका सिम्रिकका मिलन आलेले सर्वाधिक गोलकर्ताको उपाधी जिते ।
यसैगरि प्रतियोगितामा सिम्रिकका जर्सी न १० का खेलाडी सुरज चौधरीले सर्वोत्कृष्ट खेलाडीको उपाधी जित्दै नगद रु १० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भए । प्रतियोगितामा प्रथम, द्धितिय तथा उत्कृष्ट हुनेहरुलाई एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिएको छ । समापन कार्यक्रमको सन्चालन प्रचार प्रसार संयोजक तथा क्लबका सह सचिव रवि अर्यालले गर्नुभएको थियो ।प्रतियोगिताको आगामी बर्षको चौथो समपूर्ण कपको समेत प्रायोजक सार्बजनिक गर्दै क्लबले अर्को बर्ष अझ पुरस्कार राशी बढाउने बताएको छ।
कमेन्ट गर्नुहोस्