लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिश्प्रधाका बीच चाँदनी फाइनलमा, उपाधिका लागि सिम्रिकसँग भिड्ने

IMG

तिलोत्तमा,२० मंसिर २०८१। यस क्षेत्रको फुटबल प्रतियोगितामा अब्बल बन्दै आएको चाँदनी युवा क्लब, दानापुर जारी स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिलकुमारी शेरपुन्जा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार भएको दोस्रो सेमिफाइनलमा चाँदनीले जनज्योति युवा क्लब, डिंगरनगरलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।


पहिलो हाफ सम्म १ गोलको अग्रता लिएको चाँदनीको जितमा एरोन थापा मगरले दुई गोल गरे भने थप एक गोल निशान क्षेत्रीले गरे । पराजित जनज्योतिका लागि भने रोहन राईले एक मात्र गोल फर्काएका थिए ।खेलमा दुई गोल गरेका चाँदनीका एरोन थापा मगर म्यान अफ दि म्याच समेत चुनिए । चाँदनीले अब यही मंसिर २२ गते शनिबार हुने फाइनलमा सिम्रिक युवा क्लब, बुटवलसँग उपाधिका लागि भिड्नेछ ।समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्