लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झरनालाई पाखा लगाउदै कपिलवस्तु–११ तेस्रो समपुर्ण कपको क्वाटरफाइनलमा

IMG

तिलोत्तमा,२०८० मंसीर १३ गते।पाहुना टोली कपिलवस्तु–११, कपिलवस्तु जारी स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिलकुमारी शेरपुन्जा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार भएको प्रिक्वाटरफाइनल तर्फ कपिलवस्तुले गत संस्करणको उपविजेता झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई ३–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।


तिलोत्तमा–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा कपिलवस्तुका लागि मनिष पुनले दुई गोल गरे भने थप एक गोल मन्जित थारुले गरे । उता पराजित झरनाका लागि प्रसन्न श्रेष्ठले एक मात्र गोल गरेका थिए ।खेलमा कपिलवस्तुका लागि दुई गोल गरेका मनिष पुन म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर १४ गते शुक्रबारको अन्तिम प्रिक्वाटरफाइनल खेल जनज्योति क्लब, डिंगरनगर र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।


त्यस्तै बुधबार भएको देवदह ब्वाईज, देवदह र चाँदनी युवा क्लब, दानापुर बिच भएको खेलमा चाँदनी युवा क्लब, दानापुरले प्रवेशमै लोकप्रिय खेल देखाएको छ। नाटकीय र रोमाञ्चक पूनःरागमन गर्दै चाँदनी युवा क्लब, दानापुर जारी स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिल कुमारी शेरपुन्जा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ चाँदनीले देवदह ब्वाईज, देवदहलाई ३–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । खेलमा शुरुवाती अग्रता भने देवदहले लिएको थियो । अफ्रिकी खेलाडी बफुरले देवदहका लागि शुरुवाती गोल गरेका थिए ।


यद्यपि चाँदनीका लागि निशान्त क्षेत्रीले दुई गोल गरे भने थप एक गोल रबिन थापा मगरले गर्दै टोलीको रोमाञ्चक जित सुनिश्चित गरेका थिए । त्यस्तै खेलमा दुवै टोली दश खेलाडीमा समेत सिमित बन्न पुगेका थिए ।विपक्षी खेलाडीलाई नियमविपरितको फल गरेको भन्दै रेफ्री प्रकाश नवागले चाँदनीका अमन श्रीस मगरले सोझै रातो कार्ड देखाएका थिए भने देवदहका एक्ला गोलकर्ता बफुरलाई दोहोरो पहेंलो कार्ड दिंदै मैदान बाहिर पठाएका थिए ।त्यस्तै खेलमा चाँदनी थप एक गोल गर्ने अवसर पनि थियो । पाएको पेनाल्टीको अवसरलाई चाँदनीका कप्तान समेत रहेका रबिन थापा मगरले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार देवदहका गोलरक्षक बिशाल मगरले सुन्दर रुपमा जोगाएका थिए ।खेलमा दुई गोल गरेका चाँदनीका निशान्त क्षेत्री म्यान अफ दि म्याच घोषित भए । 


समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ। 

कमेन्ट गर्नुहोस्