लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तेस्रो समपुर्ण कपः बिक्रम रानाको बचाऊमा,न्यु सिर्जना क्वाटरफाइनलमा

IMG

तिलोत्तमा,मङ्सिर ११ गते।न्यु सिर्जना युवा क्लब, करौजिया सुपौलीमा जारी स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिल कुमारी शेरपुन्जा पुन स्मृती तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको चौथो प्रीक्वाटरफाइनलतर्फ न्यु सिर्जनाले फुलबारी गाईज, बुटवललाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।सोमबार भएको चौथो प्रीक्वाटरफाइनलतर्फ न्यु सिर्जनाले फुलबारी गाईज, बुटवललाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।


प्रतियोगितामा न्यु सृजनाका गोलकिप्पर बिक्रम राना म्यान अफ द म्याच भएका थिए। प्रतियोगिता अन्तर्गत मंसिर ११ गते मंगलबारको खेल रेसुङा युवा क्लब, दुर्गानगर र गौतम सामुदायिक विकास केन्द्र, कञ्चन-५ बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए । समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्