लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य, सिजनल‌‌ पासमा छुट

IMG

तिलोत्तमा,मङ्सिर १० गते।नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ ।क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ ।त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ ।


प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ । त्यस्तै फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ ।त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ जसमा‌ २०% छुट दिइएको छ । प्रतियोगिता भरीलाई‌ हुने उक्त टिकटको जनरलतर्फ ४,४८०‌रुपैयाँ र भीआईपी तर्फ ८,२४० रुपैयाँ पर्ने छ ।

कमेन्ट गर्नुहोस्