
तिलोत्तमा,मङ्सिर ९ गते।रुपन्देहीको तिलोत्तमा-१४ सुपौलिमा जारी यस क्षेत्रकै प्रतिष्ठित रोमाञ्चक फुटबल खेलमा आजको दृश्य अझै रोचक देखियो। साविक विजेता तथा दावेदार मध्ये एक आयोजक समपुर्ण युवा क्लब, सुपौली जारी स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिल कुमारी शेरपुन्जा पुन स्मृति तेस्रो समपुर्ण कपको पहिलो खेलबाटै पराजय बेहोर्दै बाहिरिएको छ ।
आइतबार भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ सिम्रिक युवा क्लबले समपुर्णको चुनौति २–१ ले पन्छाउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । घरेलु टोलीलाई निराश बनाउन सिम्रिकका लागि सन्दिप चौधरी र मिलन आलेले गोल गरे । पराजित समपुर्णका लागि भने राज भुषालले एक मात्र गोल गरेका थिए ।तेस्रो समपुर्ण कपको तेस्रो प्रिक्वाटरफाइनलतर्फ आयोजक तथा साविक विजेता समपुर्ण युवा क्लबलाई हराउँदै रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरेका सिम्रिक युवा क्लबका डिफेन्डर रन्जित चौधरी म्यान अफ दि म्याच घोषित भएका छन् ।
यो जितसँगै सिम्रिक क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर १० गते सोमबारको चौथो प्रिक्वाटरफाइनल खेल फूलबारी गाईज, बुटवल र न्यु सिर्जना युवा क्लब, करौजिया बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।
कमेन्ट गर्नुहोस्