लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समपूर्ण कप आजबाट शुरुहुंदै,उद्घाटन खेलमा लिस्नु कोटिहवा र बिगबुद्ध सुनवल भिड्दै

IMG

तिलोत्तमा,मंसिर ७ गते २०८१। समपूर्ण युवा क्लब, तिलोत्तमा-१४, सुपौलीको आयोजनामा समपुर्ण कप नकआउट फूटबल प्रतियोगिताको तेस्रो संस्करण आज देखि शुरु हुने भएकोछ। तिलोत्तमा-१४, सुपौली स्थित टाइगर रिसोर्ट देखि दक्षिण आज उद्घाटन खेलमा लिस्नु युवा क्लब, कोटिहवा, रुपन्देही र बिग बुद्ध क्लब, सुनवल, नवलपरासी भिड्ने क्लबले सो जानकारी सार्बजनिक गरेको हो। 


मंसिर ७ देखि २२ सम्म संचालन हुने प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पाका उत्कृष्ट १६ टिमहरुको सहभागिता रहनेछ। प्रतियोगिता अन्तर्गतका खेल हरु समपूर्ण युवा क्लबको संरक्षणमा रहेको बाउन्नकोटी सामुदायिक बनको खेल मैदानमा संचालन हुनेछन। क्लबका अध्यक्ष अबिर पुनले क्लबले आयोजना गरेको सबै खेल हेर्न सबै खेल प्रेमी दर्शक महानुभाव्हारुलाई निमन्त्रणा र आग्रह समेत गर्नुभएको छ। खेल आज ३ बजे उद्घाटन हुनेछ। 


स्व: बस बहादुर शेरपुन्जा पुन र स्व दिलकुमारी शेरपुन्जा पुनको स्मृतिमा संचालन हुन गई रहेको तेस्रो समपूर्ण कप नकआउट फूटबल प्रतियोगिता २०८१ को बिजेताले ट्रफी सहित नगद रु २,२२,२२२/- हात पार्नेछ भने उपबिनेता बन्ने टिमले नगद रु १,११,१११/- प्राप्त गर्नेछ। प्रत्येक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिता अवधी भर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई बिधागत पुरस्कारको ब्यवस्था रहेको क्लबका सह सचीव रबी अर्यालले बताउनु भयो। क्लबले प्रतियोगिताको जिंगल (Theme song) पनि सार्बजनिक गरेको छ। 


कमेन्ट गर्नुहोस्