लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्व शारीरिक सुगठनमा नेपाललाई ३ रजत पदक

IMG

२३ कात्तिक,काठमाडौँ । माल्दिभ्समा भइरहेको १५ औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा नेपालले ३ रजत पदक जितेको छ।नेपालका तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार रजत पदक जितेका हुन् ।विश्व बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन्ससँगको सहकार्यमा बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सद्वारा अदु सिटीमा आयोजित भएको प्रतियोगितामा रुजेशले ६० केजी, प्रज्वलले ४० वर्ष माथि र रजनीले ५५ केजी माथि दोस्रो स्थान हासिल गर्दै रजत जितेका छन् ।प्रतियोगितामा नेपालका ६ खेलाडी सहभागि छन् । जसमध्ये ललित धिमाल, रजित आचार्य र सनम मुलगुठीले शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

कमेन्ट गर्नुहोस्