लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साफ वुमन्स च्याम्पियनसिप : बंगलादेशले चुम्यो उपाधि

IMG

तिलोत्तमा, कार्तिक १४ गते। साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । आज भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काइन् ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पाएको छ ।


दोस्रो हाफमा नेपाली टिममा दुई खेलाडी परिवर्तन भएको थियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बुको स्थानमा रश्मीकुमारी घिसिङ मैदान प्रवेश गरेका थिए ।५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले पहिले अग्रता लियो । कप्तान सबिना खातुनको पासमा मोनिकाले गोल गरेकी थिइन् । तर त्यो गोल धैरै समय टिकेन ।त्यसको चार मिनेटपछि नै सम्बाको पास र प्रिती राइको क्रसमा अमिसा कार्कीले नेपालको लागि गोल फर्काईन् ।८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले उत्कृष्ट गोल गदै बंगलादेशलाई फेरि अग्रता दिलाइन् । उनले बायाँ साइडबाट बक्समा हानेको क्रस सिधै गोलमा परिणत भएको थियो ।यस संगै बंगलादेशले नेपालललाई १ का बिरुद्ध २ गोलले पराजित गरेको छ। 

कमेन्ट गर्नुहोस्