
तिलोत्तमा, १४ कार्तिक २०८१। शुभ दिपावलिको अवसरमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित स्थानिय बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले फुटबल प्रतियोगिता सम्पन्न गरिएको छ।लिस्नु युवा क्लब द्वाराआयोजित U14 नकआउट फुटबल प्रतोयोगिता २०८१ मा जम्मा ४ टिम सहभागी थिए। खेल समापन समारोहमा क्लबका पदाधिकारीहरु, राष्ट्रिय कोच याम गुरुङ, राष्ट्रिय रेफ्री अमर पुन तथा विभिन्न क्लबबाट पाल्नु भएका अतिथिहरुको उपस्थिति रहेको क्लबका सचिव मनोज केसीले बताएका छन्।
फाईनल खेलमा निर्धारित समयमा १-१ को बराबरी भएपछी भएको टाई ब्रेकरमा न्यु सृजना एफ सी ले तिलोत्तमा-१४ लाई ३ विरुद्ध ५ गोलले पराजित गर्दै बिजयी हासिल गरेको हो। बिजेता न्यु सीर्जनाले रु ७,०००/- ट्रफि र मेडल प्राप्त गरेको छ भने पराजित टिम तिलोत्तमा-१४ ले रू ४,०००/- ट्रफि र मेडल प्राप्त गरेको खेल संयोजक कुशल भण्डारीले बताएका छन्। प्रतियोगिताको सर्वाकृष्ट खेलाडी न्यु सृजना एफ सीका खेलाडी निक्की थापालाई प्रदान गरियो। प्रतियोगितामा निशुल्क टिम दर्ता राखिएको क्लबका अध्यक्ष तिर्थ मल्लले जानकारी गराएका छन्।
कमेन्ट गर्नुहोस्