लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साफ महिला च्याम्पियनसिपको फाइनल टार्गेट: नेपालले आज भारतसँग खेल्दै

IMG

तिलोत्तमा,२०८१ कार्तिक ११ गते।साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो ।दुई वर्षअघि दशरथ रङ्गशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो ।


अनि साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको पहिलो पटक थियो । यसपटक नेपाल र भारत तथा साविकको उपाधि विजेता बङ्गलादेश र भुटानले सेमिफाइनलमा खेल्न लागेका हुन् ।बङ्गलादेश र भुटानले फाइनलमा पुग्न दिउँसो साढे एक बजे दशरथ रङ्गशालामा खेल्नेछन् । अघिल्लो संस्करणमा बङ्गलादेशले घरेलु टोली नेपाललाई ३–१ गोलले हराएर उपाधि जितेको थियो ।

कमेन्ट गर्नुहोस्