
तिलोत्तमा,असोज ३०, २०८१। रुपन्देहीको देवदहमा जारी प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ मा आयोजक बि टिम (बुद्ध समुदाय युवा क्लब) र काठमाडौं क्यापिटल्स क्वाटर फाईनल प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा डि युनिटिलाई ७६ रनले हराउदै आयोजक बि टिम विजयी भएको हो । उक्त खेलमा आयोजक टिमका प्रेम भुर्तेल म्यान अफ दि म्याच घोषित भएका थिए । उनले ११ बलमा १२ रन संगै ३ विकेट लिएका थिए ।त्यस्तै बुधबार सम्पन्न दोश्रो खेलमा चुरे शिखरलाई ५७ रनले हराउदै काठमाडौं क्यापिटल्स विजयी भएको हो । उक्त खेलमा रोशन गौतम म्यान अफ दि म्याच घोषित भएका थिए । उनले ६ बलमा १३ रन संगै ३ ओभरमा ७ रन दिदै ४ विकेट लिएका थिए ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । व्यक्तिगततर्फ म्यान अफ द सिरिजले ४ हजार, बेस्ट ब्याट्समेनले २ हजार ५ सय, बेस्ट बलरले २ हजार ५ सय रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा २३ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
कमेन्ट गर्नुहोस्