
तिलोत्तमा, २०८१ भद्र २९ गते।संघर्षपुर्ण जितका साथ झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।शनिबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा झरनाले पाल्पा–११ माथि २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।बर्षाले बिथोलिएको खेलमा अग्रता भने पाल्पाले लिएको थियो ।
खेलको ५१औं मिनटमा सुशिल थापाको गोलबाट पाल्पाले खेलमा अग्रता बनाएको थियो । यद्यपि झरनाले खेलमा पूनःरागमन गर्यो ।झरनाका लागि ७६औं मिनटमा कप्तान कुलदिप कार्कीले पेनाल्टीबाट बराबरी गोल फर्काए । त्यसको तीन मिनट लगतै अनिल खड्काले झरनाका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।यस खेल संगै लिस्नु कपको क्वाटर फाइनल खेल समाप्ति भई आइतबारबाट सेमिफ़ाइनलका खेल हुने छ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।
कमेन्ट गर्नुहोस्