लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु सृजना युवा क्लब तिलोत्तमा १३ करौजियाको ११औं साधारण सभा सम्पन्न

IMG

तिलोत्तमा, भदौ १० गते २०८१।न्यु सृजना युवा क्लब तिलोत्तमा १३ करौजियाको ११औं साधारण सभा सम्पन्न भएको छ । क्लबका अध्यक्ष सोबित थापा दर्लामीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण ढकालको प्रमुख आतिथ्यता एबम करौजिया टोल बिकास अध्यक्ष छबिराम सोमै मगर,क्लबका संरक्षक क्याप्टेन नरजंग गुरुङ , क्लब सल्लाहकारहरु धन बहादुर चौधरी , सन्त बहादुर बि.क.,गोपाल काफ्ले ,प्रदिप थापा , हरि बहादुर गुरुङ लगायतको उपस्थितिमा भएको साधारण सभामा समाजसेवी ब्याक्तित्व ओम बहादुर राना,उत्तम पुन,ओम रेश्मी मगरको आतिथ्यमा क्लबका पदाधिकारी तथा सदस्यहरुको भब्य उपस्थिति रहेको थियो।


साधारण सभाले बार्षिक प्रतिबेदन प्रस्तुत सहित आ.व.०८०/०८१ को आय ब्यय पनि सार्बजनिक गरेको थियो। आगामी चालूआ.व.०८१/०८२ को लागि योजनाहरु बनाइ कार्य सम्पादन गर्ने भन्ने कुरा अध्यक्ष सोबित थापा दर्लामीले प्रतिबेदनमा जानकारी  गराउनुभयो। क्लबलाई शुभकामना मनतब्य दिदै प्रमुख अतिथी नारायण ढकालले क्लब वा कुनै संघ संस्थाले साधारण सभा गर्नु भनेको क्लब चलायमान रहेको र वडा कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा पनि सब भन्दा धेरै न्यु सृजना युवा क्लबले सहभागीता पनि जनाएकोले बधाइको साथमा क्लबको उज्जवल भविष्यको कामना गर्दै आफु हर्कदम साथ् र सहयोग गर्न तयार रहेको जानकारी दिनु भयो। साथै हाल मात्र चलिरएको(Lalit memorial A division leauge under-18 sankata club) मा अनुबन्धित भइ खेल खेलेर आउनु भएको यसै क्लबका खेलाडी समिर नेपालीलाई प्रमुख अतिथिको हातबाट सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।


आगामी हुने सातौं न्यु सृजना कप मा वडाले सक्दो धेरै सहयोग गर्ने बताउदै ढकालले क्लबले सामाजिक कार्यमा ठुलो योगदान गरेको बताउनुभयो। यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी छबिराम सोमै ,नरजंग गुरुङ, धन बहादुर चौधरी ,गोपाल काफ्ले र प्रदिप थापा लगायतले क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो। सो कार्यक्रमको संचालन क्लबका सचिब धन कुमार कालुङ्गले गर्नुभएको थियो।



कमेन्ट गर्नुहोस्