
तिलोत्तमा, भदौ ९ गते २०८१।भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ ।लतिपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा आज भएकाे पहिलाे सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।
पेनाल्टी शुटआउटमा नेपालका गाेलकीपर जियारथ शेखले भुटानका दुई जना खेलाडीकाे पेनाल्टी बचाए । यस्तै नेपालका राम थापा, अबिनाश स्याङ्गतान, सिमान्त थापा र जियारथ शेखले गाेल गरे ।यसअघि खेलकाे ५६ औं मिनेटमा भुटानका जितसुनले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ७८ औं मिनेटमा नेपालका निराजन धामीले गाेल गर्दै खेल बराबरीमा ल्याएका थिए ।प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनलमा भाेलि भारत र बङ्गलादेश खेल्दैछन् । फाइनल खेल आउँदाे बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुनेछ ।
कमेन्ट गर्नुहोस्